Logo
३१ भाद्र २०८२, मंगलबार
(May 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा मत विश्लेषण गरेपछि मात्र बादललाई उम्मेदवार बनाउने

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई वागमतीबाट उम्मेदवार बनाउनु अघि मतको विश्लेषण गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकमा त्यसबारेमा समग्र छलफल भएको र उम्मेदवारको निर्णय एक दुई दिनभित्रै हुने महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

बैठकमा वागमती प्रदेशभित्र एमालेको एकल बहुमत रहे पनि माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेकाले त्यसबाट काटिने भोटको बारेमा विश्लेषण भएको बताइएको छ ।

माधव नेपाल पक्षमा लाग्ने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संख्या समेत हेरेर थप निर्णय गरिने बताइएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको उम्मेदवारको जीत सुनिश्चित हुने गरि जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

यदि अलग उम्मेदवार खडा गरेर ती उम्मेवारको पक्षमा लागेको खण्डमा कतिपय प्रदेशसभा सदस्यको पद रिक्त गर्नुपर्नेसम्मको बहस एमालेभित्र चलेको छ ।तर त्यसबारे बैठकमा भने छलफल नभएको नेताहरुले बताए ।

 

प्रकाशित मिति: May 6, 2021

प्रतिक्रिया दिनुहोस्