Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको उपचुनावमा रामबहादुर थापा र डा. खिमलाल देवकोटाबीच भिडन्त

आगमी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको रिक्त सिटको लागि हुने उपनिर्वाचनमा एमाले एमाले बीचनै भिडन्त हुने भएको छ ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ ।

वाम बुद्धिजीवी देवकोटालाई माओवादी, नेपाली काँग्रेस र माधव नेपाल पक्षको समर्थन रहनेछ ।पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।

एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ काँग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्