Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन (पत्रसहित)

संसद सचिवालयमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्