Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र माओवादीले बुझाउँदै

सरकारलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा माओवादी केन्द्रले आज संसद सचिवालयमा बुझाउँदै छ । मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

माओवादीका एक नेताले आज पार्टीका साथीहरु समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जान लागेको जानकारी दिएका छन् ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्