Logo
५ जेष्ठ २०८१, शनिबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै भने पार्टीले बैठक बोलाउँदै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको भए पनि नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुङ्गोमा पुग्न नसकेका कारण निर्णयमा पुग्न सकेको थिएन ।

 

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्