Logo
७ बैशाख २०८१, शुक्रबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द कपिल शर्मा शो’की कमेडियन सुगन्धाले गरिन् विवाह (हेर्नुहोस् तस्वीर)

भारतीय टेलिभिजनमा आउने ‘द कपिल शर्मा शो’की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो ।

सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् । भिडियोमा सुगन्धा र संकेत एक अर्कोलाई वरमाला लगाउँदै गरेको देख्न सकिन्छ ।

वरमालापछि सुगन्धाको हात संकेतले चुमेका छन् । लुक्सको कुरा गर्ने हो भने सुगन्धा क्रिम कलरको लेहङ्गामा निकै प्यारी देखिएकी छन् । लेहङ्गाको साथ उनले पिंक दोपट्टा समेत लगाएकी छन् । बेहुलीको भेषमा उनले रातो चुरा, मेहन्दी र भारी गहना समेत लगाएकी छन् ।

संकेतले भने लाइट ग्रीन कलरको शेरवानी र क्रिम कलरको पगडी लगाएका छन् ।यी दुबैको भेट पहिलो पटक दुवईमा एक कमेडी शो सुटिङको दौरानमा भएको थियो । सोही समय साथी भएका उनीहरुलाई एकसाथ काम गर्ने मौका समेत मिलेको थियो ।एजेन्सी

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्