Logo
६ बैशाख २०८१, बिहीबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैशाख २२ र २३ गते सांसदको कोरोना परीक्षण गरिने

बैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकका लागि सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्न लागेकाले यही वैशाख २२ र २३ गते सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो ।

संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको छ ।

सचिवालयले कोरोना परीक्षण गर्न सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्