Logo
१९ बैशाख २०८१, बुधबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना संक्रमणबाट निधन

कोरोना संक्रमणका कारण न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मृत्यु भएको हो ।

पूर्वमहान्यायाधिवक्तासमेत रहेका निराला कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो ।

उनी काठमाडौँको मित्रपार्क निवासी हु्न ।उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्