Logo
८ बैशाख २०८१, शनिबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका ठाकुर-महतो पक्षद्वारा सांसद र कार्यकारिणी समिति सदस्यको हस्ताक्षर संकलन

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सङ्कलन गरेको छ ।

खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरूको छुट्टाछुट्टै हस्ताक्षर सङ्कलन गरिएको ठाकुर–महतो पक्ष स्रोतले जानकारी दिएको छ ।

जसपाका ३४ जना सांसदहरूमध्ये दुई जना निलम्बनमा परेपछि हाल ३२ जना सांसद मात्र रहेका छन् । ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका छन् ।

यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरूको हस्ताक्षर सङ्कलन गरिसकेको छ ।सत्ता समीकरणका विषयमा ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीतिर छन् भने यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरीसकेकी छन ।

यस्तो अवस्थामा जसपामा गरिएको हस्ताक्षर सङ्कलनलाई अर्थपूर्ण ठानिएको छ ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्