Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर र धनगढी अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एकरएक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सक्रमण पुष्टि भएको थियो ।त्यस्तै माडी नगरपालिका-३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो ।

 

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्