Logo
५ जेष्ठ २०८१, शनिबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना नियन्त्रण गर्न सरकारले चालेको कदमलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न देशवासीलाई आग्रह गरेका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।

कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्