Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित

आज दिउँसो दुई बजे बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको स्रोतले बताएको छ ।

आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्