Logo
८ बैशाख २०८१, शनिबार
(May 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट भारतमा एकैदिन ३,६८९ जनाको मृत्यु, ३ लाख ९२ हजार बढी संक्रमित

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ६८९ जनाको मृत्यु भएको छ ।कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतमा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् ।

एकै दिन ३ लाख ९२ हजार ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

भारतमा हालसम्म २ लाख १५ हजार ५४२ कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा सङ्क्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ ।

प्रकाशित मिति: May 3, 2021

प्रतिक्रिया दिनुहोस्