Logo
१३ बैशाख २०८१, बिहीबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमिल फिल्म निर्देशक केवी आनन्दको निधन

तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको हृदयघात कारण निधन भएको छ । चेन्नईमा रहेका ५४ वर्षका आनन्दको आज ३० अप्रिलमा निधन भएको हो ।

आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए । उनले चर्चित छायाँकार पीसी श्रीरामसँग गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायाँकारको भुमिका निर्वाह गरेका थिए ।

१९९४मा उनले एक मलयालम फिल्ममा पनि काम गरेका थिए । जसको कारणले उनलाई राष्ट्रिय पुरस्कार समेत मिलेको थियो ।

आनन्दले २००५मा निर्देशनमा डेब्यु गरेका थिए । २००८ मा उनले आयान बनाएका थिए । एक्सन इन्टरटेनमेन्ट फिल्म सुपरहिट फिल्ममा सुर्या र तमन्नको मुख्य भूमिका रहेको थियो ।

आनन्दले मत्रराण, अनेगन, कवन और कप्पन जस्ता फिल्ममा समेत काम गरेका थिए ।

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्