Logo
३० असार २०८२, सोमबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य प्रशासन मन्त्रालयद्वारा वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग

सरकारले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि अधिकृत भन्दा कर्मचारीसँग निवेदन माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको हो ।

भारत सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्राप्त भएको अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सो भन्दा माथिल्लो पदका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने निर्णय भएको भन्दै योग्यता पुगेका अधिकृत कर्मचारीहरूबाट निवेदन माग गरेको हो ।

ईच्छुक अधिकृत कर्मचारीहरुले विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरणसहित बैशाख ३१ भित्र मन्त्रालयमा आई पुग्ने गरी निवेदन दिन भनिएको छ ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्