Logo
११ बैशाख २०८१, मंगलबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा नयाँ फिचर सहित रेनो ट्राइबर उपलब्ध, यस्ता छन् बिशेषता!

नयाँ फिचर सहित रेनो ट्राइबर उपलब्ध भएको छ । भारतीय बजारमा लोकप्रिय एमपीभी ट्राइबर नयाँ अवतारमा फ्रान्सको कार निर्माता कम्पनी रेनोले प्रस्तुत गरेको छ ।

सबैभन्दा सस्तो एमपीभीमा परिचित सो कारको नयाँ मोडलको सुरुवाती मूल्य ५ लाख ३० हजार भारु रहेको छ । रेनो ट्राइबरको लुक र फिचर अपडेट गरिएको छ ।

रेनो ट्राइबर ४ भेरिएन्ट आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडमा सार्वजनिक गरिएको छ । सो कारको टप भेरिएन्टको मूल्य ७ लाख ६५ हजार भारु रहेको छ ।

यद्यपि टप भेरिएन्ट आरएक्सईमा म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध गराइएको छ । अन्य तीन भेरिएन्टमा म्यानुअल र अटोमेटिक दुबैको विकल्प रहेको छ ।

कम्पनीले यसको मूल्यमा केही परिवर्तन गरेको छैन ।कम्पनीका अनुसार नयाँ ट्राइबरको लुक र फिचर पुरानो मोडलको तुलनामा निकै आकर्षक रहेको छ ।

सो कारमा स्टेयरिङ ह्विल माउन्टेड अडियो र फोन कन्ट्रोल, ड्राइभर सिट हाइट एडजस्ट, कलर अप्सनमा ड्युअल टोन एक्सटेरियर, विङ मिररमा एलईडी टर्न इन्डिकेटर र नयाँ बडी कलर सिडर ब्राउन समावेश रहेको छ ।

नयाँ एमपीभीमा ६२५ लिटरको बुट स्पेस रहेको छ । रेनो ट्राइबरको टप भेरिएन्टमा ४ एयरब्याग रहेको छ । सो कारमा सिंगल पावरट्रेनको विकल्पमा १.० लिटर, ३ सिलिन्डर युनिट प्रयोग गरिएको छ ।

सो इन्जिनले ७० बीएचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ । नेपाल अटो

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्