Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित, नेता र कर्मचारीमा कोरोना पुष्टि

file photo

नेपाली काँग्रेसको आज दिउँसो बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।

काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरूको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।

यस अघि सोमबार बस्ने भनिएको बैठक सदस्यहरूको पीसीआर परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो ।आज बिहान कसैलाई पनि कोरोना नदेखिएको भन्दै पुनः आज दिउँसोका लागि बैठक बोलाइएको थियो ।

तर पछिल्लो रिपोर्ट अनुसार कर्मचारी र केही केन्द्रीय सदस्यहरूमा कोरोना देखिएपछि बैठक पुनः स्थगित गरिएको छ ।पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्