Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो । आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बुझिएको छ ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्तामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको थियो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएपनि अहिलेसम्म फिर्ता लिएको थिएन । तर, आज बस्ने बैठकमा यो विषयमा महत्वपूर्ण निर्णय हुने स्रोतले जनाएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यँताएको थियो । आजै सत्ता समिकरणको निर्णायक जसपाको पनि शीर्ष ६ नेताहरुको बैठक बसेको छ ।

कांग्रेसले पनि भोलि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा लागि रहेको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्