Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभा बैठकमा टेबुल हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभा बैठकमा टेबुल हुने भएको छ।

विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको सोमबार बस्ने पहिलो बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो।

गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठक अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूचीका विषयमा टुंगो लगाएको छ।

सोमबारको बैठकमा नेपाल कांग्रेसका प्रदेश सभा सदस्य एवम् संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बोल्ने छन्। यस्तै, बोल्न इच्छुक अन्य दलका सांसदलाई १० मिनेट बोल्ने समय उपलब्ध गराउने विषयमा पनि आइतबारको बैठकमा सहमति जुटेको छ।

सोमबारको बैठकमा सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री गुरुङले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रकाशित मिति: Apr 25, 2021

प्रतिक्रिया दिनुहोस्