Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक कमिटीको बैठक आकस्मिकरुपमा बोलाएका छन् ।

उक्त बैठक बिहान १० बजे बालुवाटारमा बोलाइएको स्रोतले बताएको छ ।आजको बैठक स्पष्टीकरणको जवाफ र कारवाहीबारे केन्द्रित हुने जनाइएको छ ।

आयोजक कमिटीको पहिलो बैठक बसेको दुई दिनपछि पुनः बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्री ओली र नेता माधव कुमार नेपालबीच बुधबार र विहीवारको वार्ता फलदायी नभएपछि दुवै पक्ष आ आफ्नो रणनीतिमा केन्द्रीत रहेको छन् ।

प्रकाशित मिति: Apr 25, 2021

प्रतिक्रिया दिनुहोस्