Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुण्डा लगाई हातपात गरेको भन्दै बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए सामुहिक राजीनामा

गुण्डा लगाएर हातपात गरेको भन्दै बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले सामुहिक राजीनामा दिएका छन् ।

बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा परिचालन गरी कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई हातपात र कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

बुधबार क्षेत्रीय सभापति यादवले युवाहरू परिचालन गरी हातपात गरेको आरोप उनीहरुको रहेको छ ।कार्यवहाक सभापति मिश्रीलाल यादवसहित कार्यसमितिका ४४ जनाले बिहीबार केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा पठाएका हुन्।

बर्दियामा ७५ मध्ये ५६ वडामा क्रियाशील नवीकरण गरिसकिएको छ। ६० वडामा लेबीसमेत उठिसकेको छ। यहाँ १० का दरले मासिक लेबी उठाइएको छ।

बर्दियामा लेबी उठाउने विषयमै विवाद भइरहेको थियो।१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गर्नुपर्ने बेला हातपात गरेको भन्दै उनीहरूले पार्टीको काम गर्न नसक्ने हुँदा राजीनामा स्वीकृत गरिदिन भनेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्दियाबाट आएको निवेदनबारे आइतबार छलफल हुने बताएका छन्।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्