अभिनेत सलमान खानले सार्वजनिक गरे ‘राधे’ फिल्मको ट्रेलर
बलिउड अभिनेता सलमान खानले सामाजिक सञ्जालमार्फत आफ्नो बहुप्रतिक्षित फिल्म ‘राधे योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरेका छन् ।
सलमानको यो फिल्म १३ मेई अर्थात् इदको अवसरमा सिनेमाघर र ओटिटी प्लेटफर्ममार्फत रिलिज हुनेछ ।ट्रेलर हेर्दा सलमान खान यस फिल्ममा दमदार इन्काउर स्पेशलिस्टको भूमिकामा छन् ।
यसअघि २००९ मा प्रदर्शनमा आएको ब्लकवस्टर फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डायलग यस फिल्ममा पनि सलमानले दोहो७थभलसयाएका छन् । त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो ।
एक्सन थ्रिलर राधेलाई प्रभुु देवाले निर्देशन गरेका हुन् । यस फिल्ममा दिशा पटानी, रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ । त्यसयता, अहिले यो ट्रेलरलाई सामाजिक सञ्जालमा धेरैले शेयर तथा लाइक गरिरहेका छन् ।