Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल पक्षको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’, आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने

नेकपा एमालेका माधव कुमार नेपाल समूहका नेताहरुले दिएको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ भएको नेकपा एमालेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् । अरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको बताइएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

यद्यपि एउटै प्रकृतिको आएकाले कतै बसेर निर्णय गरेर लेखेको जस्तो देखिएको छ । सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाएको तथा जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित स्पष्टीकरण दिएको रिपोर्टिङ बैठकमा भएको छ ।

स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने नेताहरुले जानकारी दिएका छन् ।

नेताहरुको स्पष्टीकरण र व्यवहार अध्ययन गरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय आजको बैठकले गरेको छ ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्