Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधवका कारण विभाजन हुन पुग्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका छन् ।

आज बालुवाटारमा जारी पार्टीको महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका हुन् ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन आफु रातो दिन अहोरात्र खटिरहेको बताउँदै भने, ‘हामी जिम्मेवार र अनुसाशीत भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ ।

उनले भने, ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन । अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लाग्ने। पार्टीकै नेताहरु बिरुद्ध विषवमन गर्ने । सरकारको आलोचना गर्ने। आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन् ।’

‘यत्रो दुःख बाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो।’

ओली पार्टी विभाजित नहुँदै प्रचण्ड र माधवले शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको आरोप लगाउँदै सोही कारण आफुलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताए ।

 

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्