Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।

एमाले नेता सुवास नेम्वाङले बालुवाटारमा बैठक सुरु भएको जानकारी दिएका छन् ।आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।

गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयको अवज्ञा गरेको भन्दै यसअघि २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्