Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि  दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते उपचुनावको लागि मिति घोषणा गरेको थियो । उक्त उपचुनावको लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो । ।

आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न भनेको छ । वागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ को चुनावमा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए । त्यही रिक्त पदका लागि उपचुनाव हुन लागेको हो ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्