Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमाले महाधिवेशन आयोजक समितिको बैठक, नेपाल समूहको स्पष्टीकरणबारे छलफल गर्ने

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।

बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

उनले आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जानकारी दिएका छन् ।

यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता रहेको छ । ।यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा पनि खनाल-नेपाल समूहका नेताहरु सहभागी हुने सम्भावना कम छ । सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको छ ।

६ गतेको बैठकले खनाल(नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् ।चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ ।

आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।

हिजो र अस्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एक्लाएक्लै भेटवार्ता गरेको भए पनि कुनै प्रगति हुन सकेको छैन ।

खनाल-नेपाल समूहले यसअघिका एकलौटी निर्णय सच्याउनुपर्ने माघ अघि सार्दै आएको छ ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्