Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका चर्चीत सिनेमेटोग्राफर जोनी लालको कोरोनाबाट मृत्यु

हिन्दी चलचित्रका चर्चीत छायाँकार जोनी लालको कोरोनाबाट मृत्यु भएको छ । उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । जोनी लालको निधनको खबर आर माधवनले सार्वजनिक गरेका हुन् ।

कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना भाइरसकै कारणले निधन भएको हो ।

उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । जोनी आर माधव स्टार फिल्म ‘रहना है तेरे दिल मे’ र ‘तुषार कपुर स्टार फिल्म ‘मुझे कु कहना है’ जस्ता फिल्म समेत छायाँकन गरेका थिए ।

पछिल्लो समयमा कोरोनाबाट बलिउड प्रभावित भएको छ । मंगलबार मात्रै बलिउड कलाकार किशोर नान्दलस्करको कोरोनाका कारण निधन भएको थियो । अहिले भारतमा दैनिक ३ लाख भन्दाबढी मानिस कोरोना संक्रमति भइरहेका छन् ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्