Logo
२८ बैशाख २०८१, शुक्रबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई प्रवेशमा निषेध

आजदेखि सञ्चालन हुने त्रिवि क्रिकेट मैदानमा त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेल हेर्न दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले क्यानले विज्ञप्ति जारी गर्दै त्रिदेशीय टी-२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

क्यानले यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्षमा मागेको छ। यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए।

सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दै छ। यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो।

हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ।नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्