Logo
३१ असार २०८२, मंगलबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको हिउँदे अधिवेशन अन्त्यको जनमोर्चाद्वारा विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले विरोध गरेका छन् ।

सो पार्टीका प्रवक्ता राम प्रकाश पुरीले मंगलबार जारी गरेको विज्ञप्तिमा संसद पुनःस्थार्पना भए पनि ओलीपुनस्थार्पित संसदको विरुद्ध रहँदै आएको आरोप लगाइएको छ ।

यस्तै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप पनि जनमोर्चाले लगाएको छ ।

‘संसदको पुनःस्थार्पना भए पनि ओली पुनस्र्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘ पुनस्थार्पित संसदलाई निष्प्रभावी बनाउने उद्देश्यले सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी अधिनायकवादी शैली अपनाएका थिए र छन् । त्यही नीतिको परिणाम संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेका छन् ।’

विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद अधिवेशनको अवधिभर संसदमा उठेका विषयहरुको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको पनि जनमोर्चाको आरोप छ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्