Logo
७ बैशाख २०८१, शुक्रबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नवदुर्गाको पूजा आराधना गरी चैते दशैं मनाइँदै

आज चैते दशै पर्व नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन यो पर्व बनाउने गरिन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा विशेष पूजा हुन्छ । शक्तिपीठमा गएर पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्