Logo
३१ असार २०८२, मंगलबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल समूहको अराजक हर्कत अक्षम्य, कडा कारवाही हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल लगायतका नेताहरूलाई थप कारवाही हुने जानकारी दिएका छन् ।

ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अपराधमा क्षमा नहुने प्रष्ट पारेका छन् ।

बैठकमा ओलीले भने, ‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेस लगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्नेछौं । यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने रोदन गर्दै घर दैलो गर्न थालेका छन् । यस्ता अराजक,अस्थिर,अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’

अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलनकाविरुद्ध आफ्नै पार्टीको सरकारविरुद्ध अपराधिक कर्म गरेको र उनीहरूको प्रवृत्ति नै भ्रष्टाचारी रहेको बताए ।

माधव नेपालले समानान्तर कमिटी बनाउने र कर्णालीमा फ्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासको कलंकको टीका प्रचण्ड र माधव नेपाललाई लगाउने ओलीले बताए ।

ओलीले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरूलाई फाँसी चढाउने ऐतिहासिक अपराध माधव नेपालले गरेको आरोप लगाए ।

सती प्रथा अन्त्य भएपनि आज माधव नेपालहरु अर्काको पतिका लागि सति गइरहेको टिप्पणी ओलीले गरेका छन् । एमालेसँग एक्ले लड्ने हिम्मत नभएपछि प्रचण्ड माधवहरु ४ पार्टी मिलेर एमालेलाई चौथो बनाउँछौं भन्दै हिँडेको ओलीले बताए ।

ओलीले भने, ‘एक्लै त सक्दैनौ तिमीहरू । हामी जिते दुई तिहाई ल्याउँछौं हारे बहुमत ल्याउँछौं । प्रचण्ड र माधव नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो ?सांसद कसरी हुने हो। चुनाव पछाडि गठबन्धन बनाउन पनि कोही आउने छैनन् । त्यही भएर चुनाव तपाईंहरूका लागि प्रतिगम नै हो ।’

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्