Logo
१३ बैशाख २०८१, बिहीबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्ष दलको अवरोधका बिच प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतको अवरोधकाबीच सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

राष्ट्रिय गान सकिएलगत्तै सभामुख भण्डारी प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको आठौँ बैठक अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी कांग्रेससहितका विपक्षी दलहरूले उठेर विरोध जनाए । विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख भण्डारीले पटक-पटक बस्न आग्रह गरेका थिए ।

विपक्षी दलहरूले विरोध जनाइरहेपछि सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सबैको प्रतिनिधित्व गर्दै एक जना सांसदलाई समय लिएर बोल्न सभामुखले आग्रह गरेपनि बोल्न मानेनन् ।

विरोधपछि सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई सम्बोधनका लागि समय नदिई प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त हिउँदे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए ।

अधिवेशन अन्त्य भएको पत्र सभामुखले बाचन गरिरहँदा विपक्षी सांसदहरूले अवरोध जारी राखेका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुखले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्