कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी एजेन्डामा छलफल हुँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ।
कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनपछि स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्छ। बैठकमा केन्द्रदेखि प्रदेशसम्मका राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।
कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको थियो। तर सिन्धुपाल्चोकलगायत जिल्लाले अझै क्रियाशील वितरण गर्न फारम नपाएको बताएका छन्। यहाँ समायोजनकै काम सकिएको छैन।