Logo
११ बैशाख २०८१, मंगलबार
(April 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन अभिनेत्री आमा बन्दै, सार्वजनिक गरे नयाँ तस्बिर !

अभिनेत्री प्रियंका कार्कीले आफू आमा बन्न लागेको जनाउ दिँदै बेबी बम्प सार्वजनिक गरेको १२ औं दिनमा दुई अभिनेत्री गरिमा पन्त र ऋचा शर्माले पनि आमा बन्न लागेको खुशी सार्वजनिक गरेका छन् ।

अभिनेत्री प्रियंकाले झैं यी दुवै अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूहरु गर्भवती भएको जानकारी दिएका छन् ।

गरिमाले लामो समयदेखि बेल्जियममा बस्दै आएका हरि थपलियासँग प्रेम विवाह गरेकी हुन् ।

गरिमाले कालो पहिरनमा बेबी बम्प देखाउँदै हरिसँगको तस्वीर राखेकी छन् ।

‘सृष्टिबाट सृष्टिकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ गरिमाले लेखेकी छन् ।

त्यस्तै अर्की अभिनेत्री ऋचाले नयाँवर्षको पहिलो दिन पति दीपेक्षविक्रम राणासँग सजीवनको विरुवामा पानी हाल्दै गरेको तस्वीर फेसबुकमा राख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन् ।

‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’ ऋचाले लेखेकी छन् ।

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईहरु सम्पुर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’ उनले अगाडि लेखेकी छन् ।

ऋचा र दीपेक्षको २०७६ साल मंसीरमा विवाह भएको थियो ।

प्रकाशित मिति: Apr 14, 2021

प्रतिक्रिया दिनुहोस्