Logo
१३ बैशाख २०८१, बिहीबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ई-सेवा कम्पनीले माग्यो २६५ जना कर्मचारी

इ-सेवा फोन पे कम्पनीले २६५ कर्मचारीको माग गरेको छ । यस इसेवा फोन पे कम्पनीले देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कर्मचारीको माग गरेको हो ।

यसअन्तर्गत काठमाडौँ , पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।

कम्पनिले योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी) मेल गर्नको लागि आग्रह गरेको छ ।एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्