Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीरगञ्जमा बाराका कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं २ स्थित बीरगञ्जमा आज बिहान कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।

चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सकको भनाइ छ ।

यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्