Logo
२ जेष्ठ २०७८, आईतबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा ३ वर्षदेखि लेखापालबाट एक किशोरीलाई यौनशोषण, अपराधी बचाउन सरुवाको धम्की !

प्रदेश नं २ स्थित  महोत्तरीको मनरासिसवा नगरपालिकाका कर्मचारीले एक किशोरीलाई ३ वर्षदेखि यौनशोषण गर्दै आएको रहस्य बाहिरिएको छ ।

मनरासिसवा नगरपालिकामा कार्यरत सहायक लेखापाल ३४ वर्षीय दिपेन्द्र मोहन सिंहले स्थानीय एक किशोरीलाई विभिन्न प्रलोभन देखाई यौन शोषण गर्दै आएको छ ।

पीडित किशोरीका बुवाआमालाई मामा माइजुको नाता कायम गरेर घरभित्र छिर्ने र कोही नभएको मौका छोपी किशोरीलाई यौन शोषण गर्दै आएको हो ।

लेखापाल सिंहले आफुलाई १४ बर्षको उमेरदेखि नै डरत्रास देखाई आफ्नो जालमा फसाएर अनैतिक क्रियाकलाप गर्दै आएको १७ वर्षीया पीडित किशोरीले बताइन् ।

गत चैत ८ गतेका दिन घरमा कोही नभएको मौका छोपी दिपु सिंहले किताब लिने बहानामा घरभित्र पसेर ती किशोरीलाई दुष्कर्म गरिरहेकै अवस्थामा उनकी आमाले लेखापाल सिंहलाई रंगेहात समातेका थिए । किशोरीको आमासँग सवै कुरा राखेपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।

दर्ता गराए लगत्तै मनरा सिसवा स्थित प्रहरी चौकीलाई लेखापाललाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएका थिए ।

प्रहरीले कर्मचारी सिंहलाई समातेको भन्दै मनरा सिस्वा नगरपालिकाका नगरप्रमुख संजय सिंहले सई राम सापरीलाई सरुवा गराइ दिने धम्की दिएका थिए । सिंहलाई बचाउनका लागि अहिले जनप्रतिनिधिहरुले दिनहुँ प्रहरी कार्यालय धाइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए । उनले भने, ‘सम्बन्धित कसुर अन्तर्गत मुद्दा चलिरहेको छ ।’ टुडेपाटी

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्