Logo
१२ बैशाख २०८१, बुधबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शेरधन राईले बोलाए सर्वदलीय बैठक

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक बोलाएका छन् । लामो समयदेखिको संसद् गतिरोध हटाउन मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोेलाएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपासहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले जानकारी दिए ।

सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको भण्डारीले जानकारी दिए । देश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको छैटौं बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन् ।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने भन्दै ती दलले संसद बैठक अवरोध गर्दै आएका हुन् ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको माग पूरा नभएको खण्डमा सोमबारको बैठक पनि अवरुद्ध गर्ने समेत बताएका छन् । गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन शुरू भएको थियो ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्