Logo
८ बैशाख २०८१, शनिबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना प्राविधिक कर्मचारी

प्रदेश नं १ को प्रदेश लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान गरेको छ ।आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

प्रदेश १ अन्तर्गतका स्थानीय सेवाका लागि विभिन्न प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरिएको हो ।

दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ । दरखास्त दिनको लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । परीक्षा केन्द्र भने विराटनगर तोकिएको छ ।

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्