Logo
३० असार २०८२, सोमबार
(April 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार कसको नेतृत्वमा बनाउने भन्ने कुरा सहमतिबाटै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

आइतवार  आफ्नो निर्वाचन क्षेत्र आएका दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताउनुका साथै कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका हुन् ।

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसैले सरकारको नेतृत्व गर्छ ।’

प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।’

प्रकाशित मिति: Apr 12, 2021

प्रतिक्रिया दिनुहोस्