Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको पहिलो सौर्य उर्जाबाट चल्ने एसयूभी, जान्नुहोस् यसका विशेषता !

फुल चार्जमा ८०० किलोमिटर दुरी तय गर्ने विश्वको पहिलो सौर्य उर्जाबाट चल्ने एसयूभी सार्वजनिक भएको छ । केही कम्पनीले यस्तो इलेक्ट्रिक कार बनाउन लागेका छन्, जसलाई चार्ज गर्नको लागि चार्जिङ इन्फ्रास्ट्रक्चरको आवश्यकता पर्दैन । यस्ता कारले आवश्यक बिजुली आफै उत्पादन गर्छ ।

क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हम्बल वानले इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो जसको ब्याट्री सोलार प्यानलबाट चार्ज हुन्छ ।

कम्पनीले सो कारको छतमा सोलार प्यानल जडान गरेको छ । सो ब्याट्री निकै तीव्र गतिमा चार्ज हुन्छ । कारको छतमा जडान गरिएको सो सोलार प्यानल पार्किङमा कार पार्क गर्दा आफै खोलेर आउँछ जसले गर्दा कारको ब्याट्री चार्ज हुन्छ ।

ब्याट्रीमा पर्याप्त चार्ज भइसके पछि सोलार प्यानल स्वतः फोल्ड हुन्छ । सो कारको ब्याट्री १ देखि २ घन्टाको चार्जमा ८० देखि ९० किलोमिटरको दुरी तय गर्छ ।

कम्पनीका अनुसार हम्बल वान फुल चार्जमा ८०० किलोमिटरको रेन्ज तय गर्ने क्षमता रहेको छ । सो कारले १०२० बीएचपीको पावर प्रदान गर्छ ।सो एसयूभीको लम्बाई ५०२९ एमएम रहेको छ ।

यो टोयोटा कोरोला भन्दा अलि लामो छ । सो एसयूभी टेस्ला साइबर ट्रकको तुलनामा केही सानो र ६८० किलोग्राम हल्का रहेको छ । सो कारको कुल तौल १८१४ किलोग्राम रहेको छ ।

हाल हम्बल वान एसयूभी डेभलपमेन्ट स्टेजमा रहेको छ तर भविष्यमा उत्सर्जन मुक्त कारको प्रतिनिधित्व गर्न कम्पनीले दावी गरेको छ । सौर्य उर्जाबाट चल्ने इलेक्ट्रिक कारले रिचार्ज गर्नुका साथै जीवाश्म इन्धनबाट उत्पन्न बिजुलीको निर्भरतालाई पनि यसले कम गर्छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्