Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NIC ASIA बैंकका कार्यकारी अधिकृत न्यौपानेलाई राष्ट्रपतिद्वारा ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६-०५-३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिूबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७-१२-२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

साथै, सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक श्री रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी हुन् ।

यस सुखद अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्