Logo
२९ असार २०८२, आईतबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोशनी कार्कीको अभिनयमा “मरी गयो”को टिजर सार्वजनिक (भिडियोसहित)

मिलन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियो ‘मरी गयो’ को टिजर सार्वजनिक भएको छ ।

यो टिजर ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।कुसुम मिडिया क्रियसनको ब्यानरमा बनेको यो भिडियोको मुख्य विषयवस्तु पिडाले मानिसलाई परिवर्तन गर्छ भन्ने रहेको छ।

भखरै मात्र ‘हेर यो मुटुमा’ र ‘वोइ २’जस्ता हिट गीत दिएका चर्चित गायक बादल थापाको स्वर, संगीत र आवाजमा रहेको यो भिडियोमा मिलन खड्का, सुबिन सेञ्चुरी र रोशनी कार्कीको मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ ।

गीत छिट्टै नै ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिने छ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्