Logo
१३ बैशाख २०८१, बिहीबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरालोले आफ्नो बिरामी बच्चालाई अस्पताल पुर्याएपछि…!

संसारमा धेरै प्रकारका रोचक घटना घटिरहेका हुन्छन् । कहिले मानिसले रोचक बनाउने गर्छन् कहिले जनावरले रोचक घटना घटाउने गर्छ । त्यस्तै घटना टर्कीमा पनि घटेको छ । टर्कीको एक रोचक र अनौठौ घटना सार्वजनिक भएको छ ।

बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार एक बिरालोले आफ्नो विरामी बच्चालाई इस्तानबुलको अस्पतालमा पुर्‍याएको थियो ।

बिरामी मान्छेलाई उपचार गर्ने स्थानमा विरालोले स्वास्थ्य अवस्था बिग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहररु नै अचम्मा परेका थिए । गत  अप्रिलमा ट्वीट्मा सार्वजनिक भएको तस्बिरहरुमा विरालोले अस्पताल भित्रै बिरालो बोकेर पुर्याएको देख्न सकिन्छ ।

ट्वीटरको एक क्याप्सनमा भनिएको छ, ‘आज अस्पतालको आपतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बिरामी बच्चा बोकेर ल्यायो।’ समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए ।

जसले बिरामी बच्चा बिरालोको उपचार गरेका थिए । यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको छ । मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाँको झल्को दिने बताइरहेका छन् ।एजेन्सी

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्