Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री काल्भोबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भोबीच भेटवार्ता भएको छ ।

स्पेनको एक्स्त्रेमादुरामा भएको उनीहरुको भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको स्रोतले जानकरी दिएको छ ।

अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहित विभिन्न नगरपालिकाका प्रमुख तथा लुम्बिनी गार्डेन फाउन्डेसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म आयोजना हुन लागेको पिस कन्फरेन्समा सहभागी हुन राष्ट्रियसभाका अध्यक्षसहितको टोली मङ्गलबार स्पेन आइपुगेको हो ।

सात करोड यूरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वाकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ ।

सोही अभियानको उद्घाटन गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन आएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्