Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधिसभा बैठक, विवादास्पद सूचना प्रविधि विधेयक पेस गर्ने

आज विहिबार प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेशन पेश गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

च्यसैगरी बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेस हुने भएको छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुने भएको हो ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको छ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्