Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको निरंकुशता प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्छौँ : भीम रावल

नेकपा एमालेका नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो गुटको भेला बोलाएर आफू अनुकुल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाएका छन् ।

मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश स्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

ओलीले कारवाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै ओलीको निरंकुशताविरुद्ध प्रवृत्तिलाई छिटै किनारा लगाएरै छाड्ने बताए ।

‘पार्टीको नवौँ महाधिवेशनमा केपी ओलीभन्दा बढी मत ल्याएर विजयी भएको व्यक्ति हुँ म,’ रावलले भने, ‘प्रतिनिधिसभाको चुनावमा पनि म अछामबाट विजयी र ओली झापाबाट विजयी भएका हुन् । पार्टीको विधि विधान मिचेर कसैले पनि फुर्ती नलगाउँदा हुन्छ,’ उनले भने, ‘पालो आइसकेको छ जनता र कार्यकर्ताले ठेगाना लगाउने दिन ।’

आफूहरुले त्याग र बलिदान गरी जन्माएको बच्चालाई ओलीको हातबाट चाँडै खोसेर ल्याउन विशेष अभियान शुरु गर्न लागेको बताउँदै उनले सबैलाई संघर्षको मैदानमा उत्रन आह्वानसमेत गरे ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्