Logo
२८ असार २०८२, शनिबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन नेकपा माओवादी केन्द्रले पत्र पठाएको छ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी चिठी पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका एक नेताले जानकारी दिएका छन् ।

उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो तीमध्ये कतिको चित्तबुझ्दो जवाफ नआएको र कतिले सार्वजनिकरुपमै दल त्यागेको घोषण गरेकोले गर्दा दल त्याग गरेपछि स्वतः पद जान्छ त्यही अनुसार जनाकरी संसद सचिवालयलाई माओवादी केन्द्रले पठाएको स्रोतले जनाएको छ ।

उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्