Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बागमती प्रदेशसभा बैठक, पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्ने

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बागमती प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकमा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि जानकारी दिइने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र दोस्रो प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको छ ।

प्रदेशसभाको सातौं अधिवेशनको गत माघ ७ गते सुरु भएको थियो । त्यसपछि माघ ९ गते केही सयम बसेको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भएको थियो ।

त्यसपछि माघ १९ गते र फागुन ५ गते बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरीएको थियो ।वाग्मती प्रदेशसभामा १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्